१८ असारदेखि सार्वजनिक यातायात चलाउने घोषणा गरेका व्यवसायी आफ्नो निर्णयबाट पछि हटे
farakdhar.com · Thu Jul 01 17:08:43 GMT 2021
आफ्ना माग सम्बोधन गर्न दबाब दिँदे आएका यातायात व्यवसायी भोलिदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णयबाट पछि हटेका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशको विरोधमा व्यवसायीहरूले १८ गतेदेखि स्वस्फूर्त सार्वजनिक सवारी सञ्चालन गर्ने घोषणा गरेका थिए । तर, १७ असारमा प्रमुख जिल्ला अधिकारीसँग भएको छलफलपछि तत्काललाई उक्त निर्णयबाट पछि हटेको यातायात व्यवसायीहरूले जनाएका छन् ।
असार १५ गतेदेखि उपत्यकामा २५ सिटभन्दा माथिका सवारीलाई जोर-बिजोर प्रणालीअनुसार मात्र सञ्चालन गर्न दिने निर्णय गरिएको थियो । तर, यातायात व्यवसायीले उक्त निर्णयको अवज्ञा गर्दै सम्पूर्ण सवारी चलाउन चेतावनी दिँदै आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)