आइएचएफ नेसन्स वुमेन्स ट्रफी : माल्दिभ्सविरुद्ध नेपालको जित
onlinekhabar.com · Mon Oct 19 16:17:00 GMT 2026
२ कात्तिक, काठमाडौं । बंगलादेशको राजधानी ढाकामा जारी आइएचएफ नेसन्स वुमेन्स ट्रफी २०२६ जोन–२ अन्तर्गत नेपालले दोस्रो खेलमा जित हात पारेको छ । नेपालले मंगलबार माल्दिभ्सलाई २४–१८ गोल अन्तरले पराजित गरेको हो ।
अन्तर्राष्ट्रिय ह्यान्डबल महासंघ (आइएचएफ) को आयोजनामा जारी प्रतियोगितामा नेपालले एक खेलमा हार र एक खेलमा जित निकालेको छ । नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग पराजित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)