ट्रम्पले सार्वजनिक गरे राष्ट्रपति मदुरोको तस्बिर
ekantipur.com · Sat Jan 03 17:39:02 GMT 2026

काठमाडौँ — अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई सैन्य कारबाहीमार्फत नियन्त्रणमा लिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हतकडी लगाइएको र आँखामा पट्टी बाँधिएको मदुरोको तस्बिर आफ्नै सामाजिक सञ्जाल 'ट्रुथ सोसियल' मा सार्वजनिक गरेका हुन् । सार्वजनिक तस्बिरमा ६३ वर्षीय मदुरो ट्र्याक सुट लगाएको र एउटा प्लास्टिकको पानीको बोतल समातिरहेको अवस्थामा देखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)