अर्थ मन्त्रालयमा रोकियो एमसीसीको म्याद थप गर्ने प्रस्ताव
kendrabindu.com · Tue Aug 18 03:16:21 GMT 2026

काठमाडौं । मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) ले अमेरिकी सहयोगमा सञ्चालित मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको एक वर्ष म्याद थप गर्न अनुरोधसहित पठाएको प्रस्ताव तीन महिनादेखि अर्थ मन्त्रालयमै थन्किएको छ। एमसीए–नेपाल अमेरिकी सहयोगमा सञ्चालित एमसीसी परियोजना कार्यान्वयन निकाय हो ।
अर्थले आवश्यक निर्णय नलिएका कारण उक्त प्रस्ताव अमेरिकाको वासिङ्टन डीसीस्थित एमसीसी मुख्यालयसम्म अझै पुगेको छैन। एमसीए–नेपालले गत जेठको मध्यतिरै मन्त्रालयमा पत्र पठाउँदै ७४ करोड ७० लाख डलरको आयोजनाको एक वर्ष म्याद थपका लागि औपचारिक रूपमा एमसीसी मुख्यालयसँग समन्वय गरिदिन आग्रह गरेको थियो। आयोजनाअन्तर्गत ३१५ किलोमिटर लामो प्रसारण लाइन र सडक स्तरोन्नतिका परियोजना छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)