मकवानपुर स्कार्पियो दुर्घटना : मुख्य न्यायाधीश डाँगीसहित ६ जना घाइते
onlinekhabar.com · Tue Aug 18 03:23:56 GMT 2026

२ भदौ, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरिखेतमा स्कार्पियो गाडी दुर्घटना हुँदा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना घाइते भएका छन् । घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
आज मंगलबार बिहान करिब ७ बजे काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कार्पियो जुरीखेतमा अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)