मुस्ताङमा पर्यटकको संख्या ४१ प्रतिशतले घट्यो
nepalnews.com · Mon Oct 19 16:41:02 GMT 2026

काठमाडौं। गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्यामा उल्लेख्य गिरावट आएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार गत वर्षको साउनदेखि असोजसम्म एक लाख १८ हजार ६८५ जना पर्यटक मुस्ताङ पुगेकामा यस वर्ष सोही अवधिमा ४१ दशमलव ५२ प्रतिशतले घटेर ६९ हजार ४०३ जनामा सीमित भएको छ।
प्रहरी निरीक्षक ईश्वर महतका अनुसार यस वर्षको साउनमा ३० हजार ५३४, भदौमा २० हजार २६८ र असोज महिनामा १८ हजार ६०१ जना पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्। गत वर्षको सोही अवधिमा साउनमा १९ हजार, भदौमा २३ हजार २०५ र असोजमा ७५ हजार ५९९ पर्यटक मुस्ताङ पुगेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)