विद्युत् महसुल बक्यौतामा ठूलो हिस्सा सडक बत्तीको
baahrakhari.com · Tue Mar 07 00:42:00 GMT 2023
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल बक्यौतामा ठूलो हिस्सा सडक बत्तीको रहेको जनाएको छ । स्थानीय निकायले प्राधिकरणको सहमति नलिई आफूखुसी सडक बत्ती जडान गर्ने तर त्यसको महसुल नतिर्ने गरेको प्राधिकरणको भनाइ छ ।
“सडक बत्तीको विद्युत् शक्ति मापन हुन नसक्दा र मापन गरिएको विद्युत् खपतको समेत महसुल भुक्तानी नहुँदा प्राधिकरणले ठूलो नोक्सानी व्यहोर्नुपरेको छ,” प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, “सडक बत्तीको बाँकी बक्यौता विद्युत् महसुल शीघ्र भुक्तानी गरी दिनुहोला । प्राधिकरणको सहमति नलिई प्राधिकरणले विद्युत् लाइनबाट सडक बत्ती जडान नगर्नुहोला ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)