बिरालोले बोकेर ल्याएको सर्पले डसेर किशोरीको मृत्यु
nagariknews.nagariknetwork.com · Tue Aug 18 03:33:51 GMT 2026

सर्पले डसेर ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवाकी एक किशाेरीको मृत्यु भएको छ।
मृत्यु हुनेमा जनता मावि हाङदेवामा कक्षा १२ मा अध्ययरत युना मादेन रहेकी छिन्। उनी पोष्ट मादेन र सीता इजम मादेनकी छोरी हुन्। उनलाई घरमै सोमवार सर्पले डसेको र मंगलवार बिहान मृत्यु भएको जानकारी आफुले पाएको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवाका लक्षुमन गुरुङले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)