बैंकहरूले ब्याजदर घटाए
Ujyaaloonline.com · Fri Nov 17 01:33:49 GMT 2023
काठमाण्डाै – मङ्सिर महिनाका लागि १४ वटा वाणिज्य बैंकले नयाँ निक्षेपको ब्याजदर घटाएका छन् । एउटा बैंकले मात्रै ब्याजदर बढाएकाे छ भने पाँच वटाले कात्तिक महिनाकै ब्याजदरलाई यथावत् राखेका छन् ।
मङ्सिरका लागि धेरैजसो वाणिज्य बैंकको ब्याजदर एकल अङ्कमा झरेको छ । वाणिज्य बैंकहरूले साउनदेखि ब्याजदर आ–आफ्नै तरिकाले निर्धारण गर्दै आइरहेका छन् । बैंकहरूले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था छ । बैंकमा तरलता बढेपछि भदौ महिनायता धेरैजसो बैंकहरूले ब्याजदर घटाउँदै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)