एम्बुलेन्स किन्ने उद्देश्यले म्याग्दीमा महायज्ञ
lokaantar.com

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ क्लबको व्यवस्थापन तथा देवी भगवती मन्दिर संरक्षण समितिको आयोजनामा शुरू भएको धार्मिक महोत्सव वैशाख १६ गतेसम्म सञ्चालन हुनेछ ।
धार्मिक पर्यटकीय सम्भावनायुक्त देवी भगवती मन्दिरमा बहुउद्देश्यीय सेवा भवन निर्माण तथा एम्बुलेन्स किन्ने उद्देश्यले आयोजित महायज्ञको शनिवार मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गरेका छन् । महायज्ञको उद्घाटन गर्दै अध्यक्ष रोकाले सामाजिक एकता, सदभाव फैलाउन र धार्मिक महिमाको संरक्षण तथा धार्मिक पर्यटन विकास गर्न महायज्ञले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले सामाजिक सेवाको पवित्र भावना राखेर आयोजना गरिएको महायज्ञलाई सफल बनाउन पालिकाले रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)