नेता जिस्काइरहेका धुलाम्मे सडक
ekantipur.com · Wed Nov 16 00:42:04 GMT 2022
काठमाडौँ — कागेश्वरी मनोहरा नगरपालिका–६, तिवारी टोलका उमेश अधिकारी आइतबार बिहान निकै आक्रोशित देखिन्थे । घरअगाडि चुलिएको ग्राभेलको थुप्रो देखेर उनको कन्पारो तातेको रहेछ । हुन पनि उनी प्रत्येक दिन ओहोरदोहोर गर्ने सडकको अवस्था दयनीय छ ।
साँघुरो सडक, त्यसमाथि बीच सडकमै ग्राभेलका थुप्रा । सवारी ओहोरदोहोर गर्न उत्तिकै कठिन । यही सडकमा कहिले सवारीसाधन ठोक्किन्छन् त कहिले हिलो र धुलोले सर्वसाधारणलाई हिँडिनसक्नु बनाउँछ । ‘ग्राभेलको थुप्रो कति हेर्नु ? ७ वर्षदेखि यस्तै थुप्रा हेरेर बसिरहेका छौं,’ उनले झर्किंदै भने, ‘चुनाव आउन लागेर होला हामीलाई झुक्याउन ग्राभेल झारिएको छ । ग्राभेल झार्दैमा सडक बन्छ भनेर अब पनि कसरी विश्वास गर्नु ?’ चाबहिल–जोरपाटी–साँखु सडकअन्तर्गतको यस खण्डमा ग्राभेलको थुप्रोले दैनिक ट्राफिक जाम हुन्छ । ‘कहिलेकाहीं त सर्वसाधारणले सधैं धुलो खाऊन् भनेर सडक अलपत्र पारे जस्तो पनि लाग्छ,’ उनले भने, ‘अब जस्तो अवस्थामा छ, त्यही अवस्थामा कालोपत्र गरिदिए हुन्थ्यो ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)