दुर्घटनामा घाइते न्यायाधीशसहित चारजनालाई सेनाको हेलिकोप्टरमार्फत छाउनी अस्पतालमा पठाइयो
nepalpress.com · Tue Aug 18 04:21:51 GMT 2026

हेटौँडा । मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा घाइते उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश गोकर्ण डाँगीसहित ४ जनालाई सेनाको हेलिकोप्तरमार्फत काठमाडौँ पठाइएको छ ।
काठमाडौँबाट हेटौँडा आइरहेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कार्पियो भीमफेदी–६ जुरिखेतमा दुर्घटनामा पर्दा न्यायाधीश डाँगीसहित ६ जना घाइते भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)