सिद्धार्थ बैंकको ३ लाख बढी कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा
arthasansar.com · Tue Aug 18 04:24:00 GMT 2026

सिद्धार्थ बैंक लिमिटेडले संस्थाक सेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले ३ लाख ११ हजार ६४३ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि लिलाम बिक्रीमा राखेको हो ।
बैंकले यसअघि उक्त सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो तर तोकिएको समयमा संस्थापक सेयरधनीबाट निवेदन प्राप्त नभएपछि अब भने सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)