कैलाली कांग्रेसका क्षेत्रीय प्रतिनिधिले छाडे पार्टी
nepalpress.com · Sun Nov 06 16:23:41 GMT 2022
कैलाली । कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधिलाई स्वतन्त्र उम्मेदवारको पक्षमा वकालत गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
धनगढी वडा नम्बर ४ मा क्षेत्रीय प्रतिनिधि हरि रेग्मीलाई कांग्रेस जिल्ला सभापति नारायणदत्त भट्टले सत्ता गठबन्धनका विरुद्धमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारको पक्षमा प्रचार प्रसार गरेको, स्वतन्त्र उम्मेदवारको पक्षपोषण गर्दै सार्वजनिक अभिव्यक्ति दिएको र सामाजिक सञ्जालमा पनि त्यहि रुपमा प्रस्तुत भएको प्रमाणसहित उजुरी प्राप्त भएको भन्दै स्पष्टीकरण सोधेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)