देउवा दम्पत्ति सर्वसम्मत महाधिवेशन प्रतिनिधि
hamrakura.com · Mon Nov 22 00:00:00 GMT 2021
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा प्रधानमन्त्री पत्नी एवं कांग्रेस नेतृ डा. आरजु देउवा पार्टीको १४ औं महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत बन्न सफल भएका छन् ।
देउवा दम्पत्ति कांग्रेस डडेल्धुराको सातौं जिल्ला अधिवेशनमा खुल्ला तर्फबाट निर्विरोध महाधिवेशन प्रतिनिधिमा चुनिएका हुन् । प्रधानमन्त्री देउवा, डा.आरजुसँगै बलबहादुर गुरुङ, सरस्वती खड्का, कौशिल्ला कुमारी भट्ट, कलावती बोहरा, हरिना कामी र सन्तोष जैरु पनि सर्वसम्मत चयन भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)