सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ र ३ ले घोषणा गरे लाभांश
aarthiknews.com

काठमाडौं । सिद्धार्थ क्यापिटलले आफ्नो व्यवस्थापनमा सञ्चालित सिद्धार्थ म्युचुअल फन्डअन्तर्गतका दुई योजनाका इकाईधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
क्यापिटलले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ (एसआईजीएस २) का इकाईधनीलाई ८ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ (एसआईजीएस ३) का इकाईधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांशमा करसमेत समावेश छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)