प्रदुषित नदीको पानी सिधै पिएपछि पञ्जाबका मुख्यमन्त्री भगवन्त मान अस्पताल भर्ना
ratopati.com
सुल्तानपुर लोधीस्थित शिखहरुको पवित्र खोला काली बेनको पानी गिलासमा भरेर सिधै पिएपछि पञ्जाबका मुख्यमन्त्री भगवन्त मान बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने स्थिति आयो । उनलाई दिल्लीको इन्द्रप्रस्थ एपोलो अस्पतालमा भर्ना गरिएको थियो । उपचारपछि उनी डिस्चार्ज भइसकेका छन् ।
मंगलबार राति मानलाई बेस्कन पेट दुखेपछि अस्पताल लगिएको स्रोतलाई उदृत गर्दै भारतीय मिडियाले लेखेका छन् । पेट दुखाई धेरै नै पीडादायी भएकाले उनलाई उनलाई दिल्लीको अस्पताल एयरलिफ्ट गरेर लगिएको थियो । तर मुख्यमन्त्री मानको अस्वस्थतालाई राज्य सरकारले लुकाउन खोजेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)