नेपालकाे अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले बढ्ने एडीबीकाे प्रक्षेपण !
Ujyaaloonline.com · Thu Apr 11 23:54:01 UTC 2024

काठमाण्डाै – एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिबारेको अनुमान परिमार्जन गरेको छ ।
एसियाली विकास बैंकले गएको सेप्टम्बरमा सार्वजनिक गरेको आउटलुकमा यस वर्ष नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ३ प्रतिशत हुने अनुमान गरिएको थियो । तर आज एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै एडीबीले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ६ प्रतिशतले हुने प्रक्षेपण गरेको हो । गएको वर्ष भने नेपालको अर्थतन्त्र १ दशमलव ८६ प्रतिशतले मात्रै बढेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)