सर्वोत्कृष्ट खेलाडी बने मछिन्द्रका सुनिल बल
nepalghatana.com · Sat Feb 26 17:22:13 GMT 2022
सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ को सर्वोत्कृष्ट खेलाडी लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका सुनिल बल बनेका छन् । मछिन्द्रलाई लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका सुनिल सर्वोत्कृष्ट खेलाडी बनेका हुन् । उनले नगद ३ लाख रुपैयाँ र ट्रफी प्राप्त गरे ।
यस्तै प्रतियोगिताको सर्वाधिक गोलकर्ता जमान एन्थोनी बनेका छन् । उनले नगद २ लाख प्राप्त गरेका छन् । उनले ७ गोल गरेका थिए । समान ७ गोल अर्का खेलाडीले गरे पनि कम खेलको आधारमा उनी उत्कृष्ट भएका हुन् । यस्तै लिग च्याम्पियन मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठ सर्वोत्कृष्ट गोलकिपरको अवार्ड जिते । उनले नगद २ लाख रुपैयाँ प्राप्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)