माईखोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयलाई राहत, आउजाउ सहज
ratopati.com · Tue Aug 18 05:37:05 GMT 2026

इलाम । इलामको माईखोलामा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासी खुसी भएका छन्। इलाम नगरपालिका–८ र १० जोड्ने काइलाटारमा उक्त पुल निर्माण गर्न ८४ लाख ७१ हजार ४६० रुपैयाँ खर्च भएको छ।
आर्थिक वर्ष २०८२/०८३ मा कोशी प्रदेश सरकारको लगानीमा १७९ मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण भएपछि आवतजावत सहज बनेको छ। तिल्केनी-सिलपुर सडकअन्तर्गत पर्ने काइलाटारमा पुल निर्माण भएपछि स्थानीयलाई आवतजावतमा सहजता मिलेको पूर्वाधार विकास कार्यालय इलामका प्रमुख रञ्जय सिंहले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)