जाजरकोट र रोल्पामा पहिरोले स्थानीयको उठिबास
nagariknews.nagariknetwork.com · Tue Aug 18 05:27:07 GMT 2026

लगातारको वर्षाले कर्णालीको जाजरकोट र लुम्बिनीको रोल्पामा आएको पहिरोले स्थानीय प्रभावित भएका छन्। जाजरकोटमा एक र रोल्पामा १० जनाले ज्यान गुमाएका छन्। सयौं नागरिक गाउँबाट विस्थापित भएर पालमुनि बस्नुपर्ने बाध्यता भएको छ।
एक जनाको मृत्यु भएको छ भने जाजरकोटमा पहिरोले नौ जना घाइते भएको छन्। पहिरोमा मुत्यु हुनेमा ५२ वर्षका केदार कार्कीको थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा मृत्यु भएको थियो। तीनजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा भेरी नगरपालिका–२ थारुल्लाका ५४ वर्षकी उमासिंह खत्री, ७० वर्षका भीमबहादुर कार्की, ८७ वर्षकी रती खत्री रहेका छन्। अहिले जाजरकोटमा पहिरोमा हराइरहेकाहरूको खोज तथा उद्धार गर्न र विस्थापित परिवारका लागि लागि प्रशासनसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहित सुरक्षा जनशक्ति परिचालन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)