तीन निर्माण कम्पनी तीन वर्षका लागि कालोसूचीमा
nepalpress.com · Tue Aug 18 05:36:51 GMT 2026

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन निर्माण कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद ऐन विपरीत कार्य गर्ने रमन–ओम–सुगम जेबीसहित तीन निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको हो ।
कार्यालयका अनुसार कालोसूचीमा पर्नेहरूमा बझाङको ‘नमादेउ निर्माण सेवा’ रहेको छ । मुख्य व्यक्ति अमृत महरा रहेको यस निर्माण सेवा डोटीस्थित खप्तडी माध्यमिक विद्यालयको सिफारिसमा कालोसूचीमा परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)