सात निर्माण कम्पनी कालोसूचीमा,कहिलेसम्म केके गर्न पाउनेछैनन् ?
arthasansar.com · Tue Aug 18 05:50:33 GMT 2026

सरकारले सार्वजनिक निकायहरूको सिफारिसमा सात वटा निर्माण कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले यो निर्णय गरेको हो ।
कालोसूचीमा परेका कम्पनीहरूमा डोटीस्थित खत्याडी माध्यमिक विद्यालयको सिफारिसमा अमृता महरा मुख्य व्यक्ति रहेको नमादेउ निर्माण सेवा (देउरा–बझाङ) रहेको छ भने भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय तथा पूर्वाधार विकास निर्देशनालय (सुर्खेत) को सिफारिसमा शंकरबहादुर प्याकुरेल मुख्य व्यक्ति रहेका एम/एस बागेश्वरी मल्टिपर्पोज निर्माण सेवा, रामेछाप कन्स्ट्रक्सन र सन्तोषी निर्माण सेवालाई पनि कालोसूचीमा समावेश गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)