संविधान संशोधनको कांग्रेस–एमाले समझदारी अपारदर्शी र पश्चगामी : समाजवादी मोर्चा
ekantipur.com · Tue Jul 16 16:39:36 UTC 2024

काठमाडौँ — दुई ठूला दल कांग्रेस र एमालेबीच मध्यरात हस्ताक्षर गर्दै सत्ता साझेदारी र संविधान संशोधनमा भएको समझदारीलाई समाजवादी मोर्चाले अपारदर्शी भएको ठहर गरेको छ । प्रतिपक्ष दलहरूको उक्त मोर्चाले कांग्रेस–एमालेबीच ‘अप्राकृतिक’ गठबन्धन भएको पनि निष्कर्ष निकालेको छ ।
सत्ताबाट बाहिरिएपछि माओवादी, एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी र समजावादी पार्टीले मोर्चालाई ब्युँत्याएका हुन् । मंगलबार बसेको मोर्चाको बैठकले कांग्रेस–एमालेको सत्ता गठबन्धनमाथि समीक्षा गर्दै संविधान संशोधनको मुद्दालाई सूक्ष्म विश्लेषण गरी कार्यक्रम ल्याउने निर्णय गरेको हो । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय तीनकुनेमा बसेको मोर्चाको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफैंले बनाएको गठबन्धन भत्काउनुमा गलत उद्देश्य देखिएको टिप्पणी गरे । ‘केपी ओली आफैंले बनाएको गठबन्धन भत्काएर कांग्रेससँग सत्ता साझेदारी मात्र नभई संविधान संशोधन गर्ने समझदारी गरेका छन् । उनको यो कदम स्वाभाविक लाग्दैन,’ दाहाल–नेपालको साझा विश्लेषण थियो, ‘संघीय गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीलगायतका प्राप्त उपलब्धिलाई रक्षा गर्दै अघि बढ्नुको विकल्प छैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)