मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

धान बिमा न्यून

annapurnapost.com · Fri Dec 31 05:05:00 GMT 2021

काठमाडौं : कात्तिक पहिलो साताको बेमौसमी वर्षाका कारण अर्बौं मूल्यको धानबालीमा क्षति पुग्यो। त्यसमध्ये अत्यन्तै कमले मात्र धानको बिमा गरेको पाइएको छ । बिमा समितिको तथ्यांकअनुसार धान बिमाको ६५ वटा बिमालेख मात्रै जारी भएको छ। यसमध्ये १८ बिमालेखको दाबी परेको छ।

धानबाली पूर्ण क्षति भएको दाबीसहित सुनसरीबाट १० वटा दाबी परेको छ। २० लाख १ हजार माग दाबी गरिएको छ। उनीहरूले द ओरियन्टल इन्स्योरेन्समा बिमा गरेका थिए। ओरियन्टलले १६ वटा बिमालेख बिक्री गरेको थियो। आठ वटा बिमालेख जारी गरेको हिमालयन जनरल इन्स्योरेन्समा दाबी परेको छ। मोरङका बिमितले आंशिक क्षतिअन्तर्गत ६ लाख ७५ हजार रुपैयाँ दाबी गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)