सिम्रौनगढमा सञ्चालित शिविरमा १ हजार २५ जनाको स्वास्थ्य परीक्षण
ekantipur.com · Sat May 13 16:59:24 GMT 2023
बारा — जिल्लाको ग्रामीण क्षेत्र सिम्रौनगढमा नेपाली सेनाले शनिबार सञ्चालन गरेको नि:शुल्क स्वास्थ्य शिविरमा १ हजारभन्दा बढीले सेवा लिएका छन् ।
ज्वालादल गण कलैयाले सञ्चालन गरेको शिविरमा महिला, पुरूषसँगै बालबालिका र वृद्धवृद्धा गरी १ हजार २५ जनाले उपचार गराएका छन् । सहरी क्षेत्रको अस्पताल र चिकित्सकसँग पहुँच नभएकाहरूले शिविरमा उपचार सेवा लिएको मध्यपूर्वी पृतना हेडक्वाटर बर्दीवासका पृतनापति उपरथी प्रेमध्वज अधिकारीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)