‘२५ वर्षपछि दरबार हत्याकाण्डको किन अनुसन्धान गर्ने कुरा आयो ? यो ख्यालख्यालमा गर्ने कुरा होइन’
shilapatra.com · Tue Jun 09 14:49:00 GMT 2026
गृहमन्त्रीमा ४९ दिनपछि दोहोरिएका सुधन गुरुङले पदभार गर्ने क्रममा निर्णय लिए– दरबार हत्याकाण्डको थप छानबिन गर्ने । गृहमन्त्री गुरुङले गरेका चारवटा निर्णयमध्ये दोस्रो निर्णयमा छ उक्त हत्याकाण्डको छानबिन गर्नेबारे विषय ।
१९ जेठ २०५८ सालको शुक्रबार राति ९ बजे नारायणहिटी राजदरबारमा ठूलो हत्याकाण्ड भएको थियो । उक्त हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित ठूलो संख्यामा राजपरिवारका सदस्यको हत्या भएको थियो । उक्त हत्याकाण्ड युवराजा दीपेन्द्रले गरेको दाबी गरिँदै आएको छ । तत्कालीन सभामुख तारानाथ रानाभाटको नेतृत्वमा गठन भएको अनुसन्धान आयोगको प्रतिवेदनले पनि दीपेन्द्रले हत्याकाण्ड मच्चाएको निष्कर्ष निकालेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)