मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएल : चेन्नईको पहिलो जित

ratopati.com

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सले सिजनको पहिलो जित निकालेको छ । मंगलबार भएको खेलमा चेन्नईले रोयल्स च्यालेन्जर्स बैंगलोरमाथि २३ रनको जित निकालेको हो ।

मुम्बईमा चेन्नईले दिएको २१७ रनको लक्ष्य पछ्याएको बैंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १९३ रन बनायो । बैंगलोरका लागि शाहबाज अहमदले सर्वाधिक ४१ रनको योगदान गरे । त्यस्तै आयूस प्रभुदेशाइ र दिनेश कार्तिकले ३४–३४ रन बनाए । त्यस्तै ग्लेन म्याक्सवेलले २६ रनको योगदान गरे । बलिङतर्फ चेन्नईका लागि महेश थेक्सानले सर्वाधिक ४ विकेट लिए । त्यस्तै कप्तान रवीन्द्र जडेजाले तीन विकेट लिँदा मुकेश चोधरी र डुयन ब्राभोले एक–एक विकेट लिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)