स्कुटरसहित पानीमा डुबेको अवस्थामा पुरूषको शव
canadanepal.com · Tue Aug 18 06:48:50 GMT 2026

मकवानपुर - मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५, क्याम्पाडाँडामा स्कुटरसहित पानीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। मंगलबार बिहान शव फेला परेपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको हो।
हेटौंडा–५ स्थित माछा प्लान्ट नजिकै पानीमा शव देखिएपछि प्रहरीले निकालेर अनुसन्धान अघि बढाएको जनाएको छ। मृतक हेटौंडा उपमहानगरपालिका–६, चौघडामा बस्दै आएका बनेपा नगरपालिका–६, नालाका आवास रञ्जितकार रहेको खुलेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)