मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

व्यापार घाटा न्यूनीकरण गर्न पाँचवर्षे कार्ययोजना

gorkhapatraonline.com · Thu Jun 15 06:37:34 GMT 2023

काठमाडौँ, जेठ ३२ गते । सरकारले बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न पाँचवर्षे नयाँ राष्ट्रिय कार्ययोजना ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा ल्याएको हो । आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात नहुँदा नेपालको वैदेशिक व्यापार घाटा बढ्दै गएपछि त्यसलाई कम गर्न कार्ययोजना ल्याएको हो । यसअघि २०७५ सालमा ल्याएको व्यापार घाटा न्यूनीकरणसम्बन्धी कार्ययोजना कार्यान्वयन नभई मन्त्रालयले पुनः नयाँ कार्ययोजना ल्याएको हो ।

मन्त्रालयका सहसचिव गोविन्द कार्कीले व्यापार घाटा न्यून गर्न नयाँ कार्ययोजना बनाउन कार्यान्वयन ल्याएको जानकारी दिनुभयो । स्वदेशी वस्तुको उत्पादन बढाएर निर्यात प्रवर्धन गरी व्यापार घाटा कम गर्न सकिने प्रशस्त आधारहरू कार्ययोजनामा समावेश गरिएको उहाँले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)