मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस जिल्ला सभापतिमा महासमिति सदस्य रवीप्रकाशको उम्मेदवारी

nepalbahas.com · Tue Nov 16 00:54:12 GMT 2021

३० कार्तिक, खोटाङ । नेपाली कांग्रेसका नेता रवीप्रकाश राईले कांग्रेस खोटाङको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । जिल्ला अधिवेशनको मिति नजिकिँदै गर्दा कांग्रेस महासमिति सदस्य राईले सोमबार जिल्ला सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । उनी केन्द्रमा सभापति शेरबहादुर देउवासँग नजिक मानिन्छन् ।

कांग्रेस महाधिवेशन प्रतिनिधि भूपेन्द्र राईले आगामी ६ मंसिरमा हुने जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा उठ्ने घोषणा गरिसकेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका राईले २६ कात्तिकमा खोटाङबजारमा भएको आफू पक्षीय नेता तथा कार्यकर्ताको भेलाबाट जिल्ला सभापतिमा उठ्ने घोषणा गरेका हुन् । उनी केन्द्रमा कृष्ण सिटौलासँग नजिक मानिन्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)