लिभरपुल कता जाने छ ?
ekantipur.com · Sat Jun 04 00:48:14 GMT 2022
काठमाडौँ — अब के त ? लिभरपुल यहाँबाट कता जाने छ ? यो सिजन लिभरपुलका लागि वास्तवमै सर्वथा उत्कृष्ट हुनेवाला थियो । तर, भएन । म्यानचेस्टर सिटीले केही गोल कम गरेको भए अथवा एस्टन भिल्ला केही बढी गोल गरेको भए, इंग्लिस प्रिमियर लिगको उपाधि लिभरपुलको हुने थियो । थिवाउट कोर्टवाले केही कम बचाउ गरेको भए पनि युरोपेली च्याम्पियन्स लिग सायद कम्तीमा अतिरिक्त समयमा जान्थ्यो कि ? यसअघि कुनै पनि क्लब एकै सिजन ठूला चार उपाधिको नजिक पुगेका थिएनन् । लिभरपुल यसपल्ट पुगेको थियो ।
सन् १९९२–९३ को सिजन आर्सनल यसको छेउछाउ थियो । सायद कसैले पनि अहिलेको लिभरपुल टिमलाई महान भन्ने छैन । तर एउटा तथ्य निश्चित छ, योर्गन क्लोपको नेतृत्वमा रहेको अहिलेको लिभरपुल टिम राम्रो भने छ । लिभरपुलको प्रदर्शन केही हदसम्म असाधारण पनि छ र यसले पस्कने खेल आफैंमा रोमाञ्चक पनि छ । खेलाडी बजारमा यही लिभरपुलले भने निकै कम खर्चेको छ, एभरटनले भन्दा पनि कम । तर यही टिम खर्चालु सिटीलाई दबाबमा राख्न सफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)