महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच भेटवार्ता, आर्थिक सम्बन्धलाई व्यापार र लगानी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड
arthasansar.com · Tue Aug 18 08:05:56 GMT 2026

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच भेटवार्ता भएको छ। सोमबार महासंघ सचिवालय टेकुमा भएको भेटवार्तामा नेपाल-चीन आर्थिक सम्बन्धलाई व्यापार र लगानी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा दुवै पक्षले जोड दिएका छन्।
सो अवसरमा महासंघ, चिनियाँ दूतावास, सीसीपीआईटी तथा चिनियाँ प्रान्तीय वाणिज्य संघबीच नियमित संवाद र सहकार्यलाई थप प्रभावकारी बनाउँदै व्यापार, लगानी, पर्यटन, प्रविधि हस्तान्तरण, संयुक्त उद्यम र निर्यात प्रवर्द्धनमा केन्द्रित कार्यक्रम अघि बढाउने विषयमा छलफल भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)