कर्मचारी सरुवा प्रक्रिया अब पूर्ण रूपमा डिजिटल प्रणालीबाट हुने
nepalnews.com · Wed Jul 01 00:42:04 GMT 2026

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल माध्यममा रूपान्तरण गर्ने तयारी सुरु गरेको छ। सरुवा प्रणालीलाई पारदर्शी, छिटो, व्यवस्थित तथा प्रविधिमैत्री बनाउने उद्देश्यले मन्त्रालयले नयाँ डिजिटल प्रणाली विकासको काम अघि बढाएको जनाएको छ।
मन्त्रालयका अनुसार नयाँ प्रणाली कर्मचारीको डिजिटल प्रोफाइलमा आधारित हुनेछ। कर्मचारीका व्यक्तिगत तथा सेवासम्बन्धी विवरण सम्बन्धित प्रणालीसँग प्रत्यक्ष वा एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (API) मार्फत जोडिने भएकाले आवश्यक सूचना स्वतः अद्यावधिक हुने व्यवस्था मिलाइनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)