कामनाले माल्दिभ्समा हुने भलिबल च्याम्पियनसिप खेल्ने
onlinekhabar.com · Mon Oct 13 17:33:59 GMT 2025
२७ असोज, काठमाडौं । नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना विष्ट माल्दिभ्समा हुने नाइबोली भलिबल च्याम्पियनसिप २०२५ मा सहभागी हुने भएकी छन्। उक्त प्रतियोगिता अक्टोबर १३ देखि ३० तारिखसम्म सञ्चालन हुनेछ।
कामनाले माल्दिभ्सको नैफारू चेल्सी स्पोर्ट्स क्लबबाट प्रतिस्पर्धा गर्नेछिन्। नेपालका तर्फबाट अन्तर्राष्ट्रिय स्तरमा निरन्तर प्रदर्शन गर्दै आएकी विष्टको यो सहभागिता नेपाली भलिबलका लागि अर्को गौरवको क्षण बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)