मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सङ्घीय राजनीतिको छाया : प्रदेशमा कतै मन्त्री बर्खास्त, कतै राजीनामा

gorkhapatraonline.com · Wed Mar 06 00:43:53 GMT 2024

काठमाडौँ, फागुन २३ गते । सङ्घीय सरकारमा भएको सत्ता समीकरण परिवर्तनको असर सातै प्रदेश सरकारमा परेको छ । सङ्घीय संसद्मा जस्तै प्रदेश सभामा पनि त्रिशङ्कु संरचना रहेका कारण सङ्घीय गठबन्धन अनुसार नै बनेका सरकारमा मन्त्री हटाउने र राजीनामा दिने क्रम सुरु भइसकेको छ ।

संविधान अनुसार सङ्घीय र प्रदेश सरकार स्वतन्त्र हैसियतका भए पनि सङ्घीय सरकारको छाया प्रदेश सरकारमा परेको यो पहिलो पटक भने होइन । यसअघिका सबै सत्ता परिवर्तनमा सङ्घीय र प्रदेश सरकार परिवर्तन भइहाल्ने क्रम विकास भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)