राप्रपा अध्यक्ष लिङ्देनले भने– दरबार हत्याकाण्डको छानबिनमा आपत्ति छैन, तर निष्पक्ष हुनुपर्छ
shilapatra.com · Tue Jun 09 14:53:00 GMT 2026

राजतन्त्रपक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले दरबार हत्याकाण्डको अनुसन्धान निष्पक्ष र पारदर्शी हुनुपर्ने बताएका छन् ।
शिलापत्रसँगको कुराकानीमा लिङ्देनले हत्याकाण्डको छानबिनमा आपत्ति नभएको तर पूर्वाग्रहपूर्ण भने हुन नहुने बताएका छन् । लिङ्देनले भने, ‘राजदरबार हत्याकाण्डबारे अहिले पनि भ्रमहरू रहेका छन्, त्यसबारे सरकारले छानबिन गर्छ भन्नेमा आपत्ति छैन, तर निष्पक्ष भने हुनुपर्छ ।’
हत्यकाण्डको बेला प्रधानमन्त्री रहेका गिरिजाप्रसाद कोइरालाको निधन भइसकेको छ । उक्त हत्याकाण्डको बेलाका गृहमन्त्री रामचन्द्र पौडेल भने अहिले राष्ट्रपति रहेका छन् । त्यसैले, सरकारको छानबिन समितिले कसरी काम गर्छ भन्ने चासोमा रहने लिङ्दनेको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३
२०:३८
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)