राज्य पहिलोपटक पुग्यो रङ्मञ्चमा
kendrabindu.com · Tue Aug 18 08:35:18 GMT 2026

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त कुलपति ब्रजेश खनालको नेतृत्वमा नाट्य विभाग प्रमुख प्राज्ञ सरस्वती चौधरी, रङ्गमञ्च विभाग प्रमुख प्राज्ञ जीत बहादुर देउजा र प्राज्ञ सभासदस्य परिवर्तन सहितको टोलीले राजधानीमा रहेका ६ वटा नाटकघरमा पुगेर परामर्श गर्यो।
रङ्गकर्ममा लामो यात्रा गरिसकेका सर्वनाम थिएटरका वरिष्ठ निर्देशक अशेष मल्ल, शिल्पी थिएटरका कलाकार तथा नाट्य निर्देशक घिमिरे युवराज, मण्डला थिएटरका चर्चित अभिनेता दयाहाङ राई देखि हल भाडामा नाटक गर्दा काबु भएर आफैँ थिएटर चलाउन थालेका कलाकार सुरज तमु सबैले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान पाँचौँ कार्यकालसम्म आइपुग्दा पहिलो पटक आफ्नो दैलोमा आएकोमा प्रसन्नता व्यक्त गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)