राजस्थानमाथिको जितले कोलकत्तालाई राहत
pahilopost.com · Mon May 02 17:56:50 GMT 2022
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा कोलकत्ता नाइट राइडर्सले राजस्थान रोयल्समाथि जित निकालेको छ। मुम्बइस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा कोलकत्ताले राजस्थानमाथि ७ विकेटको जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५२ रन बनाएको थियो। राजस्थानका लागि कप्तान सञ्जु सामसनले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५४ रन बनाउँदा सिमरन हिटमायरले अविजित २७, जोस बटलरले २२ तथा रियान परागले १९ रनको योगदान दिए। बलिङतर्फ कोलकत्ताका टिम साउथीले सर्वाधिक २ विकेट लिँदा उमेश यादव, अनुकुल रोय र शिवम माभीले समान १ विकेट लिए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)