मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्णाली सरकारले ल्याएको बजेटमा गल्ती भएकै हो त ?

ratopati.com

गत असार १२ गतेदेखि अवरुद्ध कर्णाली प्रदेश सभा शुक्रबारदेखि सञ्चालनमा आएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत माघमा आफुसँग गरेको ७ बुँदे सम्झौता कार्यान्वयन नगरेको, सुदूरपश्चिम प्रदेशका योजना बजेटमा समेटेको र समग्रमा बजेटमा असमानता र विभेदका खाडलहरू कायम रहेको भन्दै संसद् अवरुद्ध गरेको थियो ।

पूर्व सामाजिक विकास मन्त्री समेत रहेका सांसद दल रावलले त आगामी बजेट ‘डोरी चुँडिएको चङ्गा’ जस्तै भएको टिप्पणी गरेका थिए । बीचमा पटक–पटक सर्वदलीय बैठक बसे पनि सहमति हुन सकेको थिएन । सत्तापक्षले बजेट पास भएपछि मात्र प्रतिपक्षले भनेको कुरालाई कार्यान्वयनमा लैजाने अडान राखेको थियो भने एमालेले पहिला कार्यान्वयन गरेर मात्रै बजेट पास गर्नुपर्ने अडान राखेको थियो । अन्ततः सरकार बाध्य भएर शुक्रबार प्रतिपक्षसँग ७ बुँदे कार्यान्वयनका गर्नका लागि थप चार बुँदे सम्झौता गर्न बाध्य भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)