फिलिपिन्स: सैनिक विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४५
annapurnapost.com · Mon Jul 05 00:51:00 GMT 2021
मनिला: फिलिपिन्समा आइतबार सैनिक विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४५ पुगेको छ । देशको दक्षिणी क्षेत्र सुलु प्रान्तको जोलो टापुस्थित विमान दुर्घटना भएको हो ।
दुर्घटनामा केही दर्जन यात्रु घाइते छन् । हालै तालिम प्राप्त सैनिक फौजसहित झण्डै १०० जना यात्रु बोकेको सी-१३० हर्कुलस ट्रान्सपोर्ट विमान विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु हुने अधिकांश नयाँ तालिम प्राप्त सिपाही छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)