भारतमा हुने विश्वकप खेल्ने हाम्रो सपना छ, त्यसका लागि हरेक खेलाडी भोका छन् : रोहित पौडेल
annapurnapost.com · Mon Oct 13 19:03:19 GMT 2025
आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटको सुपर सिक्सको दोस्रो खेलमा जित निकालेपछि नेपाल अर्को वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने विश्वकपको निकै नजिक पुगेको छ।
नेपालले दोस्रो खेलमा कतारलाई ५ रनले हराएको हो। यो जितपछि कप्तान भन्छन्, ‘यो पाली मसँग जुन टिम छ, त्यो टिम विश्वकप खेल्नको लागि निकै भोको छ। हामी हरेक खेल जितिरहेका छौँ। जसरी यो सब भइरहेको छ, भगवान् हामी प्रति निकै दयालु हुनुभएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)