मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

त्रिविका उपकुलपतिको सोचपत्र, प्रदेश विश्वविद्यालय खोल्ने योजना

gorkhapatraonline.com · Sun Apr 21 00:27:24 UTC 2024

काठमाडौँ, वैशाख ९ गते । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. केशरजङ्ग बरालले शैक्षिक कार्यक्रमलाई प्रभावकारी बनाउन त्रिविकै प्रदेश विश्वविद्यालय स्थापना गर्ने योजना अगाडि सार्नुभएको छ ।

प्रदेशमा स्थापना भएका विश्वविद्यालयले सम्बन्धित क्षेत्रमा रहेका त्रिवि अन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसको शैक्षिक गुणस्तर मापन गर्ने, शैक्षिक कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयनमा सघाउने र उत्कृष्ट क्याम्पसहरूलाई उत्कृष्टताको उपाधि प्रदान गर्नेसम्मको काम गर्ने योजना उहाँको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)