मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

‘टिचिङ’ को १५ सय शय्याको अस्पताल बनाउन छुट्याइएको जग्गामा सुमो पार्क

ekantipur.com · Sun Apr 21 00:30:03 UTC 2024

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जको सेवा विस्तार गर्न बल्खुमा अतिविशिष्ट सेवा अस्पताल बनाउने तयारी छ । १२ रोपनीको यो क्षेत्रभित्र ३ रोपनीमा अनधिकृत रूपमा टाटा सुमो पार्क चलिरहेकाले प्रस्तावित अस्पतालको पर्खाल लगाउनसमेत अवरोध भएको छ । जिल्ला र उच्च अदालतको आदेशपछि पनि जग्गा खाली गराउन प्रहरीले असहयोग गरेको छ ।

१५ सय शय्याको अस्पताल बनाउन त्रिभुवन विश्वविद्यालयले १२ रोपनी जग्गा त्रिवि शिक्षण अस्पताल (टिचिङ) लाई दिएको हो । त्यसमध्ये ३ रोपनी जग्गा त्रिवि प्राध्यापक संघले भोगचलन गर्दै आएको थियो । यो जग्गामा आफ्नो कार्यालय, पुस्तकालय वा अन्य कुनै अनुसन्धान केन्द्र बनाउनुको सट्टा प्राध्यापक संघले पार्किङ बनाउन भाडामा लगाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)