एसइईको पहिलो परीक्षा अंग्रेजीको, धनुषाको औरहीमा पठाइयो नेपालीको प्रश्नपत्र
nayapatrikadaily.com · Sat Apr 01 00:21:00 GMT 2023
माध्यमिक शिक्षा परीक्षा (एसइई)को पहिलो दिन शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा थियो । तर, धनुषाको औरही गाउँपालिकामा रहेको चक्कर माध्यमिक विद्यालय परीक्षा केन्द्रमा भने अनिवार्य नेपाली विषयको प्रश्नपत्र पुग्यो । परीक्षा बिहान ८ बजेदेखि सुरु हुनुपर्नेमा फरक प्रश्नपत्र पुग्दा चक्कर मावि परीक्षा केन्द्रमा ५० मिनेट ढिलो मात्र परीक्षा सुरु भएको थियो ।
मधेस प्रदेशका शिक्षा विकास निर्देशक चूडामणि फुँयालका अनुसार राष्ट्रिय परीक्षा बोर्डले उपलब्ध गराएको प्रश्नपत्रको बन्डलमाथि कपडामा अंग्रेजी विषय लेखिए पनि त्यसभित्रका थैलीमा नेपाली विषयको प्रश्नपत्र भेटिएको हो । नेपाली विषयको प्रश्नपत्र कुनै पनि परीक्षार्थीको हातमा नपुग्दै थाहा भएपछि अंग्रेजीको प्रश्नपत्र झिकाएर परीक्षा सञ्चालन गरिएको उनले बताए । जनकपुरधामस्थित जिल्ला प्रहरी कार्यालय धनुषाबाट अंग्रेजी विषयको प्रश्नपत्र ल्याएर परीक्षा सुरु गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)