मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आजको मौसम : तीन वटा प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

nepallive.com · Fri Apr 12 00:25:16 UTC 2024

काठमाडौं- आज देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानका साथै बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)