मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दरबारमार्ग र ठमेल अब २४सै घण्टा खुला

nayapatrikadaily.com · Fri Apr 12 00:21:00 UTC 2024

देशको केन्द्रीय राजधानी काठमाडौंको पनि पर्यटकीय केन्द्र ठमेल र दरबारमार्ग वर्षौँपछिको चर्चापछि अब २४सै घण्टा खुल्ने भएका छन् । गृह मन्त्रालयको निर्णयअनुसार यी क्षेत्र नयाँ वर्षदेखि २४सै घण्टा व्यवसाय गर्न खुला गरिएको हो ।यसका लागि जिल्ला सुरक्षा समिति, काठमाडौंको बैठकले मापदण्ड र सुरक्षा योजना तयार गरेको छ ।

व्यवसायीलाई समेत थप जिम्मेवार बनाई १ वैशाखदेखि २४सै घण्टा व्यवसाय सञ्चालन गर्न दिने तयारी भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले बताए । ‘दरबारमार्ग र ठमेलमा अब सुरक्षा मापदण्ड पूरा गरेर २४सै घण्टा व्यवसाय गर्न पाइन्छ,’ उनले भने, ‘यसमा प्रहरीले सम्पूर्ण तयारी गरिसकेको छ ।’ प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरेर मापदण्डका विषयमा जानकारी गराउँदै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)