मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मुम्बई इन्डियन्सले समात्यो जीतको लय…बुमराहपछि सूर्यकुमार र ईशान किशनको प्रभाव, आरसीबी पराजित

kalakarmi.com · Fri Apr 12 00:25:22 UTC 2024

मुम्बई– इन्डियन प्रीमियर लीग (आईपीएल)–२०२४ मा हार्दिक पाण्ड्याको कप्तानी रहेको मुम्बई इन्डियन्सले जीतको लय समातेको छ । यो टीमले बिहीवार राति आफ्नो होम ग्राउण्डमा खेलिएको एउटा रोमाञ्चक खेलमा रोयल च्यालेञ्जर्स बैंगलुरु (आरसीबी) लाई सात विकेटले पराजित गरेको छ ।

मुम्बईको जीतका हीरो तिब्र गतिका बलर जसप्रीत बुमराह तथा स्टार ब्याट्सम्यान ईशान किशनबाहेक सूर्यकुमार यादवसमेत रहे । सबैभन्दा पहिला बुमराहले पाँच विकेट लिएर आरसीबीलाई आच्छु–आच्छु पारे । त्यसपछि ईशान तथा सूर्यकुमारले विष्फोटक शैलीमा ब्याटिङ गर्दै मुम्बईलाई जीत दिलाए ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)