मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले विवादले बजेट अधिवेशन प्रभावित

ekantipur.com · Mon Jun 07 01:04:12 GMT 2021

धनगढी — सुदूरपश्चिम प्रदेशसभामा आइतबार निर्धारित बैठकमा प्रि–बजेट छलफलको कार्यतालिका थियो । तर, आर्थिक मामिला तथा योजना मन्त्रालयले आवश्यक तयारी नपुगेको जानकारी गराएपछि प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर बैठक नै स्थगित गर्नुपर्‍यो ।

सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नै पर्ने दिन आउन एक साता मात्रै बाँकी छ । तर, आइतबारसम्म बजेटको नीति, प्राथमिकता र सिद्धान्त (प्रि–बजेट) नै प्रस्तुत गर्न सकेको छैन । संविधानले प्रदेश सरकारहरूलाई असार १ गते बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ । मन्त्रालयको आग्रहमा कार्यतालिका सोमबारका लागि सारेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)