भदौ ९ देखि हुने 'नाडा अटो शो 2026' मा सय भन्दा बढी स्टल राखिने
nepalsamaya.com · Tue Aug 18 10:27:23 GMT 2026

काठमाडाैं- १८औं नाडा अटो शो २०२६ भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। आयोजक नाडाले साेमबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो। ६ दिन सम्म चल्ने प्रदर्शनीले तीव्र रूपमा विकसित भईरहेको नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको समग्र आर्थिक, सामाजिक एवं व्यवसायिक प्रतिबिम्बलाई प्रस्तुत गर्ने नाडाले जनाएको छ।
नाडाको ५०औं वार्षिकोत्सवको उपलक्ष्यमा यस नाडा अटो शो को १८औं संस्करणलाई स्वर्ण उत्सव संस्करणको रूपमा भव्यताका साथ आयोजना गरिने नाडाले उल्लेख गरेको छ। यस प्रदर्शनीले विगतमा झैं अटोमोबाइल कम्पनीहरूलाई आफ्ना नवीनतम सवारी साधन, प्रविधि, उत्पादन तथा सेवाहरू प्रदर्शन गर्न र ग्राहक तथा व्यावसायिक सरोकारवालासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्न महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)